उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित

२०७९ फाल्गुन २८, आईतवार १६:३७ बजे

काठमाडौँ : आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो ।

अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार