
काठमाडौँ : विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ । सो पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा निरन्तर क्रियाशीलता, समावेशिता, भूगोल र प्रतिबद्धता जस्ता मापदण्डको जगमा उनीहरूलाई केन्द्रीय समिति सदस्यमा सर्वसम्मत मनोनयन गरेको पार्टी अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
मनोनीत हुनेहरूमा नवराज थापा गोरखा, रुस्तम अन्सारी बारा,सूर्यदीप रेग्मी ’दीपक’ कर्णाली, चक्र न्यौपाने ज्येष्ठ नागरिक-काठमाडौँ, निर्जला कक्षपती महिला, हरिश भट्ट सुदूरपश्चिम, धनेज थापा काठमाडौँ, सरोज गौतम गण्डकी, मिलन परियार ललितपुर, निरञ्जन चापागाईँ काठमाडौँ, शिशिर बन्जारा गण्डकी र चन्द्र श्रेष्ठ महिला रहेका छन् ।
६५ सदस्यीय केन्द्रीय समितिमा हाल महाधिवेशनबाट चयन र मनोनयन गरी विस्तार हुँदा ३९ सदस्यीय बनेको छ ।
त्यस्तै बैठकले वार्षिक क्यालेन्डर बनाएर पार्टी गतिविधि सञ्चालन गर्ने तथा प्रदेश अधिवेशनलाई प्राथमिकता दिँदै ’महाधिवेशन सन्देश’ लिएर देशव्यापी यात्रा सुरु गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।