मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघको तोडफोड

२०७९ फाल्गुन २८, आईतवार १७:४७ बजे

काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघको एक समूहले मकवानपुर बहुमुखी क्याम्पस तोडफोड गरेको छ । तोडफोडबाट क्याम्पसका चारवटा झ्यालका सिसा फुटेका छन् । असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका छन् ।

विद्यार्थीहरु तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  मकवानपुरमा नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी समूहले गरेको छ भने अर्को समूहको नेतृत्व सुवास सापकोटाको समूहले गरेको छ ।  स्ववियु निर्वाचनमा ठकुरी समूहलाई मान्यता नदिएपछि सो समूह तोडफोडमा उत्रिएको हो । 

सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्ययायनिकट मनिन्छन् । स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठी पठाएपनि स्ववियु निर्वाचन कमिटीले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि लफडा भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार