
काठमाडौँ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति पौडेलले आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् ।
देउवाले पौडेलको राजीनामा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार आइतबारदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको पार्टी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।