
तेहरान : सन् २०१८ मा अमेरिकाले पुनः प्रतिबन्ध लगाए पनि आफ्नो तेल निर्यात उच्च स्तरमा पुगेको इरानले बताएको छ । इरानका तेल मन्त्री जाभेद ओजीका अनुसार इरानको तेल निर्यात अघिल्लो १२ महिनाको तुलनामा गत वर्ष ८ करोड ब्यारेलले बढेको हो।
विगत दुई वर्षको तुलनामा देशको तेल निर्यात १९ करोड ब्यारेलले बढेको उनको भनाई । विश्लेषकहरूका अनुसार चीन र भेनेजुएलामा बढेको मागका कारण इरानको तेल निर्यात बढेको हो। सन् २०१८ मा इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको थियो भने फेरि प्रतिबन्ध लगाएको थियो ।
यी प्रतिबन्धका कारण सुरुमा भने इरानको तेल निर्यात र तेलबाट हुने आम्दानीमा ठुलो गिरावट आएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।