मावि तहको शिक्षकमा ३७ हजार बढीको आवेदन

२०७९ फाल्गुन २८, आईतवार २१:११ बजे

काठमाडौं : माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि ३७ हजार २११ जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले पुष २५ गते चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको थियो।

आवेदन ३८ हजार ३३१ जनाले दिए पनि ३७ हजार २११ जनाले मात्र शुल्क जम्मा गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । आयोगले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन पाउने समयावधि तोकेको थियो ।

आयोगले नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा शिक्षक माग गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार