‘दुई नजर’मा पुष्प र केविकाको रोमान्स

२०७९ फाल्गुन २८, आईतवार २१:२५ बजे

काठमाडौँ : गायिका विद्या तिवारी र गायक सुरेन गौतमको स्वर रहेको ‘दुई नजर’ बोलको गीत सार्वजनिक भएको छ । विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का, केविका खत्री र सुन्दर दासको अभिनय छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियो डान्सिङ शैलीमा तयार भएको छ । 

विष्णुहरि तिम्सिनाको सम्पादन र मोडल केविकाकै कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार