अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन

२०७९ फाल्गुन २८, आईतवार १४:०५ बजे

काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। आइतबार उनकी आमा स्नेहलता दीक्षितको निधन भएको हो । माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको निधन भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आइतबार बिहान आफ्नो नजिकका आफन्तबीच शान्तिसँग स्वर्गबास भएकी छन्,’ । भारतीय सञ्चार माध्यमका अनुसार ९१ वर्षको उमेरमा निधन भएकी उनको अन्तिम संस्कार दिउँसो ३ बजे गरिनेछ।

माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तिम संस्कार दिउँसो ३ बजे गरिनेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार