दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

२०७९ फाल्गुन २९, सोमबार ०८:२२ बजे

काठमाडौं : कृषि विकास बैंक र स्वरोगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गर्दैछन् । तसर्थ, यी दुवै कम्पनीको लाभांश हात पार्न आज सेयर खरिद गर्नुपर्ने हुन्छ ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट यरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश बितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले चैत ११ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार