
एजेन्सी : लस एन्जिलस निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामासन् २०२३ को ओस्कर अवार्डजितेको छ । ‘नाटु-नाटु’ ओस्कार जित्ने पहिलो भारतीय उत्पादनको गीत हो।
गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिए । यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।
ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । यसबाहेक निर्देशक शौनक सेनले बनाएको डकुमेन्ट्री ‘अल दैट ब्रेथ्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म विधामा अवार्डबाट वञ्चित भयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।