फुटबलका नयाँ प्रशिक्षकसँग एक वर्षको सम्झौता

२०७९ फाल्गुन २९, सोमबार ०९:५३ बजे

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एक वर्षको सम्झौता गरेको छ ।

यसअघि नै मुख्य प्रशिक्षक नियुक्त भइसकेका इटालियन नागरिक एनेसी हाल नेपालमै छन् । उनीसँग आइतबार एक वर्षको लागि सम्झौता गरिएको एन्फाले जनाएको छ । एनेसीले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेको एन्फाले जनाएको छ ।

अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि खाली रहेको स्थान अब एनेसीले लिनेछन् । यसबीचमा बंगलादेश र पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

नेपालका प्रशिक्षकसँग प्रो लाइसेन्स नभएकोले एन्फाले विदेशकै प्रशिक्षक भित्र्याएको हो । ३८ वर्षीय एनेसीसँग यूईएफए प्रो लाइसेन्स छ । उनको पहिलो काम चैतमा भुटान र लाओससहितको प्रधानमन्त्री कप थ्री नेसन्स कप हुनेछ ।

आउने एक वर्षमा नेपालले साफ च्याम्पियनसिप देखि एएफसी एसियन कप र फिफा विश्वकपको पहिलो चरणको छनोट खेल्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार