
पोखरा : पोखरा ११ काहुँडाँडामा धर्मकाया बुद्ध मण्डला निर्माणको लागि अन्तिम डिजाइन तयार गरिएको हो । सिंगापुरका डिजाइनर क्याथरिनले उक्त डिजाइन बनाएका हुन् ।
करिब १ सय ७८ रोपनी क्षेत्रफलमा मण्डला निर्माण हुनेछ भने ७ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान छ । मण्डलामा बुद्ध जीवनका सबै पक्षलाई समेटिने छ । सँगै विशाल बुद्धको मूर्ति निर्माण गरिने छ ।
मण्डला बनाउन धारापानी सामुदायिक वन उपभोक्ता समितिले १ सय ७० रोपनी जग्गा दिएको छ । बाँकी जग्गा खरिदका लागि प्रक्रिया अघि बढेको छ भने २ रोपनी भूमि दानबाट प्राप्त गरेको निर्माण समितिले जनाएको छ । मण्डलाको प्रमुख संरक्षकमा साङपा रिन्पोछे छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।