आठौँ शताब्दीको बुद्धको मूति चोरी

२०७९ फाल्गुन २९, सोमबार १०:५८ बजे

पाटन : ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ ।

चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ । रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार