
काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिएको हो ।
नेपालका लागि २३ औं ओभरको पाँचौं बलमा ललित नाराया राजवंसीले पाँचौं विकेट लिएका हुन् । ललितले २३ औं ओभरको पाँचौं बलमा रिले हेकुरेलाई क्याच आउट गराएका हुन् । हेकुरेले ४ रन बनाए । नेपालका लागि सन्दीपले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।