नेपाललाई सातौं सफलता, कुशलले लिए विकेट

२०७९ फाल्गुन २९, सोमबार ११:३३ बजे

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सातौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २७ औं ओभरमा सातौं विकेट लिएको हो ।

नेपालका लागि कुशल मल्लले २७ औं ओभरको चौथो बलमा नोरमान भानुवालाई क्याच आउट गराएका हुन् । भानुवाले खाता नखोलेरै आउट भए । यसअघि नेपालका लागि सन्दी लामिछानेले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार