९५ रनमा पिएनजी अलआउट ,सन्दीपले लिए सर्वाधिक विकेट

२०७९ फाल्गुन २९, सोमबार ११:५० बजे

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन।

९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार