
काठमाडौँ : माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो । गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।
जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने छ । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।
अहिले माओवादी धार ६ पुगेका छन् । यसअघि नौ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएका छन् । जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।