
एजेन्सी : दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगोको विमान एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको छ । जानकारीका अनुसार फ्लाइट नम्बर 6E-1736 लाई मेडिकल इमर्जेन्सीपछि पाकिस्तानको कराँची हवाइअड्डातर्फ मोडिदिएको हाे ।
इन्डिगोले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले यो जानकारी दिएको हो । यद्यपि, बिरामी यात्रुको ज्यान भने बचाउन सकिएन ।
एयरलाइन्सले भन्यो, ‘हामी यो सूचनाका कारण असाध्यै दुःखी छौँ र हाम्रो समवेदना मृतकको परिवारसँग छ । हाल हामी सम्बन्धित अधिकारीसँग समन्वय गरेर अन्य यात्रीलाई अर्को विमानबाट पठाउने प्रबन्ध मिलाइरहेका छौँ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।