रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

२०७९ फाल्गुन २९, सोमबार १२:५३ बजे

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार