क्रिकेटमा नेपालको कीर्तिमानी जित

२०७९ फाल्गुन २९, सोमबार १२:४५ बजे

काठमाडौं : विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेट्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

उनले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक हो । त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए । पीएनजीका चाड सोपरले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको पीएनजीका ७ ब्याटर दोहोरो अंकमा रन नबनाई आउट भए । पीएनजीका कप्तान आसाद भाला ३१ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाएर सन्दीप लामिछनेको बलमा क्याचआउट भए । सेसे बाउ १८ रनमा बोल्ड भए ।

ओपनर हिरीहिरीलाई १४ रनमा सोमपाल कामीले करण केसीबाट क्याचआउट गराउँदै पभेलियन फर्काउँदा, चाल्र्स अमिनीले १६ रन योगदान गरे । सन्दीप लामिछानेले नेपालका लागि उत्कृष्ट बलिङ गरे । उनले, १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।

ललितनारायण राजवंशी र कुशल मल्ले २-२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार