गोरखामा ट्रक दुर्घटना एकको मृत्यु, सात जना गम्भीर घाइते

२०७९ फाल्गुन २९, सोमबार १४:४९ बजे

काठमाडौं : गोरखामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००३ क ६१७० नम्बरको मिनी ट्रक सोमबार बिसौनी मोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ट्रक सडकबाट करिब २० फिट तल खसेको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार