मिनी ट्रक दुर्घटनामा मृत्यु हुने २ पुगे

२०७९ फाल्गुन २९, सोमबार २०:३५ बजे

गोरखा : गोरखामा भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको ज्यान गएको छ ।

दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो ।

दुर्घटनाका अन्य घाइतेहरु उपचाररत रहेको डीएसपी लिलाराज लामिछानेले बताए । उनका अनुसार दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका–९ बस्ने रमला राना मगर, शहीद लखन गाउँपालिककै लाल बहादुर गुरुङ, नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका–१० की सावित्री बिक र बर्दियाका मंगल चौधरी घाइते भएका हुन् । उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ बिसौनीमोडको सडकदेखि करिव २० मिटर तल खसेको थियो । अनियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार