प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

२०७९ पुष ३०, शनिबार १०:१७ बजे

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार