
काठमाडौँ : काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।