मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड

२०७९ पुष ३०, शनिबार १९:२५ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् ।

शनिबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उनको भनाइ छ ।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार