
मकवानपुर : राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासीको तथ्यांक संकलन गरेको छ। आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिकामा गरेर त्यो सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकारी दिएको हो।
मकवानपुरमा १० वटै स्थानीय तहमा ३७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेका र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगले जनाएको छ।
आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनलाई एक वर्षभित्रमै जग्गा प्रमाणपत्र उपलव्ध गराइने जानकारी दिए।
बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेका छन्। त्यहाँका ३० परिवारले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको छ। रासस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।