तीर्थयात्री बोकेको बस भलाडाँडामा दुर्घटना

२०७९ फाल्गुन ३०, मंगलवार ०७:१३ बजे

सन्धिखर्क : तीर्थयात्री भक्तजन बोकेको बस सोमबार दुर्घटना भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका २ भलाडाँडामा बा ५ ख २७६३ नम्बरको बस दुर्घटना भएको हो ।

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर काठमाडौं  फर्कनेक्रममा गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । बसको अगाडि भागमा क्षति भएको छ । मानवीय क्षति नभएकाले तिर्थालुहरुलाई अर्को गाडीमा काठमाडौंतर्फ पठाइएको रिजालले बताए । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार