सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ फाल्गुन ३०, मंगलवार ०७:४३ बजे

काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनिका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आइपियो अन्तिम दिन अर्थात मंगलबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् । 


उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आईपियो निष्काशन खुला गरेको हो । जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुटाईएको छ ।

सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार