राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिवमा थपलिया

२०७९ फाल्गुन ३०, मंगलवार ०९:०२ बजे

काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।

तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्‍याइएको थियो।

तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार