
काठमाडौं : फिल्म ‘ए साथी सुन’को टिजर सार्वजनिक भएको छ । अभिनेत्री वर्षा सिवाकोटीको मूख्य भूमिका रहेको यस फिल्मको टिजर आइतबार युट्युबमा सार्वजनिक भएको हो । रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको यस फिल्म जेठ ५ गते रिलिज हुनेछ ।
बदलाको कथावस्तुमा आधारित यो फिल्ममार्फत अभिनेता रमेश बानियाँले डेब्यु गर्दैछन् । फिल्ममा रमेश, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, सुवास साह लगायतका कलाकारको अभिनय रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।