पठानको सफलतापछि धूम-४ मा शाहरुखको इन्ट्री

२०७९ फाल्गुन ३०, मंगलवार ११:२१ बजे

काठमाडौं : बलिउडका चर्चित अभिनेतथा शाहरुख खान नयाँ फिल्ममा जोडिने भएका छन् । फिल्म ‘पठान’ हिट भएपछि पछिल्लो समय शाहरुखलाई फिल्मको अफर आइरहेको छ । पठानपछि शाहरुखले फेरि बक्स अफिसमा धमाका गर्ने अनुमान लगाइएको छ ।

निर्देशक सिद्धार्थ आनन्द आफैंले ट्वीटरमा शाहरुख खान आफ्नो आगामी फिल्म ‘धूम–४’ को हिस्सा हुने खुलासा गरेका छन् । किङ खानले धूम ४ बाट पनि आँधी ल्याउनेछन् । फिल्म पठानको ठूलो सफलताबाट सिद्धार्थ आनन्द निकै खुसी देखिन्छन्, त्यसैले उनले धूमको चौथो संस्करणका लागि शाहरुखलाई साइन गरेका छन् ।

अर्को ठूलो फिल्मको घोषणा भएपछि ‘शाहरुख खान’का फ्यानहरु खुसीले उफ्रिरहेका छन् । पठानसँग टक्कर दिएपछि सिद्धार्थ आनन्द र शाहरुखको जोडी अब ‘धूम ४’ बाट पुनस् धमाका गर्न तयार छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार