दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

२०७९ फाल्गुन ३०, मंगलवार १२:२४ बजे

काठमाडौं : काठमाडौंको दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका-२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्ने मजदुरको मृत्यु भएको हो,’ उनले भने। बागमती प्रदेश ०१-००३ प ८६९० नम्बरको गाडीले नुवाकोट घर भई त्यही काम गर्दै आएका २४ वर्षीय सन्दीप तामाङ घाइते भएका थिए।

उनको उपचारको लागि मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए। गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार