चीनले विदेशी नागरिकलाई दियो राहत, बुधबारदेखि भिसा उपलब्ध गराउने

२०७९ फाल्गुन ३०, मंगलवार १४:२३ बजे

एजेन्सी : चीनमा बुधबारदेखि विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु गरिनेछ । कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्धलाई हटाउने क्रममा यसलाई ठुलो निर्णय मानिएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले मार्च २०२० भन्दा अघि जारी गरिएका यस्तो भिसा जुन अहिलेसम्म वैध छन्, त्यसमार्फत पनि विदेशी नागरिकलाई चीन आउने अनुमति दिइने बताइएको छ । महामारी सुरु हुनु अघिको वर्षमा ६० करोड विदेशी नागरिकले चीन भ्रमण गरेका थिए ।

विश्वभर यात्रा प्रतिबन्ध हटाइएपछि पनि चीनले प्रतिबन्धहरू कायम राखेको थियो । गत वर्षसम्म चीनमा कडा प्रतिबन्धहरू लागू थिए । लकडाउन र अन्य प्रतिबन्धका लागि मानिसहरूले सडकमा उत्रिएर आफ्नो रोष व्यक्त गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार