सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल

२०७९ फाल्गुन ३०, मंगलवार १६:३२ बजे

काठमाडौँ : अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ ।

मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको हो ।
अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिनुभएको थियो ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राख्नुुभएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत उपस्थित हुनुहुन्थ्यो । छ दिने भ्रमण सम्पन्न गरी सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदैछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार