ताइवानबाट हराएका सैनिक चिनियाँ सहरमा भेटिएपछि…

२०७९ फाल्गुन ३०, मंगलवार १८:२० बजे

एजेन्सी : ड्युटीस्थलबाटै हराएका एक ताइवानी सैनिक मुख्यभूमि चीनको एउटा सहरमा फेला परेका छन्। ताइवानको किमोइ टापुबाट गतसाता हराएका उनी उनी नजिकैको सियामेन सहरमा भेटिएका हुन्।

यो खबर पुष्टि भएसँगै ताइवानी सेनाले ती सैनिक रहेको ग्यारिसनमा हेरफेर गर्ने भएको छ। चेन थर भएका ती सैनिक बिहीबार बिहानको रोलकलमा अनुपस्थित थिए। उनी ग्यारिसनको क्याटरिङ विभागमा थिए। बिहान सबेरैसम्म उनी सोही स्थानमा देखिएका थिए।

सोमबार उनी सियामेनमा रहेको ताइवानले पुष्टि गरेको थियो।‘ती सैनिकलाई मुख्यभूमिमा समातेर राखिएको सूचना निश्चित माध्यमबाट हामीलाई दिइएको छ,’ ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिलका प्रमुख चिउ ताइ सानले भनेका छन्।

ती सैनिक किन र कसरी चिनियाँ सहर पुगे, त्यसबारे आफूलाई थाहा नभएको उनको भनाइ छ।यो घटनाले ताइवानको संसदमा समेत चिन्ता उब्जिएको थियो। गुप्त सैन्य सूचना चुहिएको हुनसक्ने भन्दै सांसदहरुले चासो राखेका थिए।

ती सैनिक सियामेनबाट ४.४ किलोमिटर टाढा एर्डनमा अवस्थित सुरक्षा चौकीमा तैनाथ थिए।सो घटनापछि ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले सो स्थानमा सैनिक फेरबदल गरिने बताएका छन्।ती सैनिक भागेर चीन पसेको हो कि होइन भन्नेबारे ताइवानले केही बताएको छैन।

१९८० को दशकमा यस्ता घटना धेरै हुने गर्थे। तर, भागेर आउनेलाई नगद पुरस्कार दिने व्यवस्था १९९० को दशकमा हटाइएपछि दुवैतर्फबाट भाग्नेहरुको संख्यामा कमी आएको छ। एजेन्सी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार