
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र सल्लाहकारमा डा सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार चालिसेलाई परराष्ट्र सल्लाहकार र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।
पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी गराए । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् । यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।