
काठमाडौँ : बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
अदालतले तोकेको धरौटी रकम तिरेर उनी रिहा भएको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए । थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । रेग्मी विरुद्ध सांगीतिक क्षेत्रका महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । आचार्य गीत रचनाकार हुन् ।
रेग्मीले सामाजिक सञ्जाल (फेसबुक)मा समग्र स्रष्टा विरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ । दिवंगत कलाकारहरुलाई पनि रेग्मीले होच्याएर पोष्ट गरेको र कलाकारहरुलाई जनावरसँग तुलना गरेर पोष्ट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आचार्यलाई पनि आरोपीले जनावरसँग तुलना गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।