
काठमाडौँ : डा. शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाऊ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरी भएको प्रति ब्याङ्ग्य गरिएको छ ।
थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ ।
भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा विकास ज्ञवाली र इश्र्वर बाबुको सम्पादन छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।