नाट्टाको कार्यालयमा लगाइएको ताला खुल्यो

२०७९ फाल्गुन ३०, मंगलवार २०:१९ बजे

काठमाडौँ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही दिनदेखि लागेको तालाबन्दी खोलेको छ ।

नाट्टा कार्यसमितिको निर्णयबमोजिम स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खुलाइएको हो ।

तालाबन्दी खोलेर दैनिक प्रशासनिक काम सुचारु गरिएको नाट्टाले मंगलवार विज्ञप्तिमार्फत जनाएको छ । नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकाले तालाबन्दी खोलीको संस्थाले उल्लेख गरेको छ ।

विभिन्न माग राखी संयुक्त पर्यटन ट्रेड युनियन फोरमले फागुन २६ गतेदेखि नाट्टाको नक्सालस्थित सचिवालयमा तालाबन्दी गरेको थियो । नाट्टा सचिवालयमा तालाबन्दीपश्चात् कार्यसमिति र ट्रेड युनियन फोरमका प्रतिनिधिबीच ४ पटक वार्ता सम्पन्न भएको तर कुनै ठोस निष्कर्ष निस्कन नसकेको अवस्थामा वार्ता चलिरहने तर समस्या समाधानमा तत्परता नदेखाउने क्रम जारी रहँदा नाट्टाको क्यालेन्डरअनुसारका महत्त्वपूर्ण पर्यटन प्रवर्द्धनात्मक कार्य स्थगित भएको र पर्यटनबारे नकारात्मक सन्देश प्रवाह हुने भएकाले तालाबन्दी खोलिएको विज्ञप्तिमा उल्लेख छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार