काबुलमा हतियारको भण्डार फेला

२०७९ फाल्गुन ३०, मंगलवार २०:४८ बजे

काबुल : अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो ।  

त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेट लगायतका विभिन्न हातहतियार बरामद गरेको छ । प्रोपेल्ड ग्रेनेड, हजारौं गोली, कारतूस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी शिर अली जन्दुल्लाहले जानकारी दिए । 

आइतबार यस्तै कारबाहीमा, प्रहरीले उत्तरी कुन्दुज प्रान्तमा १२० थान ह्यान्ड ग्रेनेड र हजारौं गोली सहित ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको थियो ।-(रासस-सिन्ह्वा)  

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार