
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरेर २७६ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।