सुर्खेतमा युवक घाँटी रेटिएको अवस्थामा फेला

२०७९ फाल्गुन ३०, मंगलवार २१:५१ बजे

सुर्खेत : सुर्खेतमा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदीमा पहिचान खुल्न नसकेका युवकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।

अन्दाजी ३०/३२ वर्षीय युवाको घाटिको अगाडिबाट रेडिएको अवस्थामा फेला परेको शाहीले बताए ।

शाहीका अनुसार उक्त शवको पहिचान खुल्न सकेको छैन । घटनाका बारेमा कुकुरको टोलि सहित अनुसन्धान भई रहेका शाहीले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार