टुँडिखेलमा हुने माघी महोत्सवमा सहभागी हुँदै प्रधानमन्त्री

२०७९ माघ १, आईतवार ०८:४२ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको टुँडिखेलमा आयोजना हुने माघी महोत्सवमा सहभागी हुँदैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार टुँडिखेलमा हुने थारु र मगर समुदायले मनाउने माघी महोत्सवमा जाने कार्यक्रम रहेको छ। दिउँसो १२ बजे थारु समुदायको माघी महोत्सव र १ बजे मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ।

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन्।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ।

थारू समुदायमा प्राचीनकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिने गरिन्छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार