राष्ट्रपति भण्डारी आज सुनसरी जाँदै

२०७९ माघ १, आईतवार ११:०४ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्र जाने भएकी छिन् ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी केही बेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराह क्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि जाने कार्यक्रम तय भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार