एयरपोर्ट पुगे प्रधानमन्त्री प्रचण्ड, उद्दारमा लाग्न निर्देशन

२०७९ माघ १, आईतवार १३:२४ बजे

काठमाडौं : पोखरामा विमान दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनी विमान दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगेका हुन्।

प्रचण्डले दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गरेका छन् । उनले उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई आग्रह पनि गरेका छन् ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ६ शिशुसहित ६८ यात्रु रहेको पुष्टि भएको छ ।घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।प्रहरीका ३४ हाकिमको एकैपटक सरुवा

नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक ९डिआइजी० र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ ।

उनको स्थान प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ ।
विशेष ब्यूरो नक्सालमा रहनुभएका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयमा रहनुभएका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा रहनुभएका दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पठाइएको छ भने उनको स्थानमा बागमती प्रदेश प्रहरी कार्यालयबाट किरण बज्राचार्यलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट डिआइजी दुर्गा सिंहलाई प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएकामा हाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा गरिएको छ ।

एसएसपी सरुवा

शुक्रबार नै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।
परिसरका प्रमुख भरतबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालमा रहनुभएका डा मनोजकुमार केसीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ । उक्त कार्यालयका प्रमुख जनक भट्टराईलाई भने प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट सुशीलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्रमा पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका लालमणि आचार्यलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट जीवनकुमार श्रेष्ठलाई बबरमहलस्थित मानवबेचविखन अनुसन्धान ब्यूरोमा पठाइएको छ भने ब्यूरोका अनुरागकुमार द्विवेदीलाई अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार