उद्धारमा तीव्रता दिन सरकारलाई कांग्रेसको आग्रह

२०७९ माघ १, आईतवार १३:३१ बजे

काठमाडौं : नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती एयरलाइन्सको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । देउवाले घटनामा परी निधन भएकाहरुका श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो । आइतबार पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ जनासहित ६८ यात्रु सवार थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार