
काठमाडौं : पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल पनि रहेको पाइएको छ ।
उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दुर्घटना भयो ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन ।
उनले विमान उड्नुअघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् । उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।