पोखरा विमान दुर्घटना : भारतीय दूतावासले जारी गर्‍यो हेल्पलाइन नम्बर

२०७९ माघ १, आईतवार १४:३२ बजे

काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना आफ्ना पाँच जना नागरिक परेको जानकारी पश्चात काठमाडौंस्थित भारतीय राजदूतावासले सम्पर्कका लागि हेल्पलाइन नम्बर जारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकारले जारी गरेको विज्ञप्तिमा पाँच जना भारतीय नागरिकसमेत रहेको विषय जानकारीमा आएको उल्लेख गर्दै दूतावासले हेल्पलाइन नम्बर जारी गरेको छ ।

दूतावासले काठमाडौंका लागि दिवाकर श्रमाको नाममा ९८५११०७०२१ र पोखराका लागि लेफ्टिनेन्ट कर्नेल शहदेव त्रिपाठीको नाममा ९८५६०३७६९९ हेल्पलाइन नम्बर जारी गरेको जनाएको छ । साथै, दूतावास स्थिानीय प्रशासनसँग सम्पर्कमा रहेको र अवस्थालाई निगरानी गरिरहेको जनाएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२) जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार