पुसको अन्तिम दुई दिनमा राजस्वबाट सरकारले कमायो ४४ अर्ब

२०७९ माघ १, आईतवार १५:२१ बजे

काठमाडौँ : चालू आर्थिक वर्षको ६ महिना सकिएको छ। आर्थिक वर्षको आधा समय सकिँदासम्म सरकारले कुल लक्ष्यको ३२ प्रतिशत राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ५८ अर्ब रुपैयाँ संकलन गरेको छ।

पुस महिनाको अन्तिम दुई दिनमा भने उच्च राजस्व संकलन भएको देखिएको छ। शुक्रबार अर्थात् २९ गते सरकारले ३० अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। त्यसमा कर राजस्व २२ अर्ब ९४ लाख रुपैयाँ थियो भने गैरकर राजस्व ७ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको हो।

शनिबारको दिन समेत सरकारको राजस्वबाट आम्दानी उच्च देखिएको छ। पुसको अन्तिम दिन शनिबार परेको थियो। तर आयकर बझुाउने अन्तिम दिन समेत रहेको कारण कर कार्यालयहरुले कर तिर्नको लागि उक्त दिनसम्मको समय दिएका थिए।

बैंकका काउण्टर समेत शनिबारको लागि खुल्ला गरिएको थियो। शनिबार सरकारले १४ अर्ब १९ करोड रुपैयाँ संकलन गरेको थियो। त्यसमा कर राजस्व ६ अर्ब ५२ करोड , गैरकर राजस्व ७ अर्ब ६६ करोड रुपैयाँ संकलन भएके थियो। यसअनुसार सरकारले ४४ अर्ब ७४ करोड रुपैयाँ बढि राजस्व संकलन भएको देखिएको छ।

त्योभन्दा बाहेक पनि सरकारले विदेशी सहायतादेखि अन्य आम्दानीको शीर्षकमा समेत आम्दानी गरेको छ। त्यसमा पुस २९ गते १ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको छ। पुस महिना सकिँदासम्म सरकारले ३४ प्रतिशत खर्च गरेको छ।

चालू आर्थिक वर्षको अन्त्यसम्म सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा अहिले सम्म ५ खर्ब ७६ अर्ब रुपैयाँ खर्च भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार