पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू

२०७९ माघ १, आईतवार १५:३४ बजे

काठमाडौं : पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ ।

आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ ।

विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए । त्यसपछि जहाज दुर्घटनामा परेको हो । दुर्घटनापछि फायर फाइटिङसहित सबै संयन्त्र खटिनु परेका कारण विमानस्थल बन्द गरिएको थियो । जसले उडानहरु अवरुद्ध बनेका थिए । अहिले भने पूर्वनिर्धारित उडानहरु पुनः सुरू गरिएको कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार